
अत्तरिया – आजदेखि कैलालीको धनगढीमा १५ औँ सुदूरपश्चिम महोत्सव सुरु हुने भएको छ । कैलाली उद्योग वणिज्य संघको आयोजनामा बिहिबार देखि चैत्र २० गते सम्म महोत्सव आयोजना हुन लागेको हो । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महोत्सवमा ३ सय स्टल राखिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । महोत्सव धनगढी उपमहानगरपालिका – १ पशुपति टोलमा हुने छ । महोत्सवमा करिब १० करोडको कारोबार हुने आयोजकले अपेक्षा लिएको छ ।


















