बाजुरा – बाजुरामा होलीको दिनमा नांगो खुकुरी देखाएर तर्साउन खोज्ने युवक पक्राउ परेका छन । होलीको दिनमा नांगो खुकुरी देखाएर फरार रहेका जिल्लाको बडीमालिका नगरपालिका–८ का २० वर्षीय काले भन्ने भीम रावललाई प्रहरीले पक्राउ गरेको हो ।

उनले होलीको दिन दिउँसोको समयमा सदरमुकाम मार्तडी बजारमा मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा नाङ्गो खुकुरी देखाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भीम रावलमाथि सार्वजनिक स्थानमा अभद्र व्यवहार गरी नाङ्गो खुकुरी हातमा नचाएको भिडियो र नाङ्गो खुकुरी अस्भाविक तरिकाले बोकेको फोटो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको आरोप लागेको छ ।
रावलमाथि अभद्र व्यवहार गर्न नहुने कसूर मुद्दामा म्याद थप भइ अनुसन्धान भरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।



















