खाेज्नुहाेस

गोदावरी नगरपालिकाले निःशुल्क घाँसको बिउ वितरण गर्ने

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले निःशुल्क घाँसको बिउ वितरण गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक बर्षको कार्यक्रम अन्तरगत निःशुल्क बाजरा घाँसको बिउ वितरण गर्न लागेको हो ।

navjiwan hospital

नगरपालिकाको पशु सेवा शाखाले घाँसको बिउका लागि नगर भित्रका व्यवसायिक पशुपालन फार्म, पशुपन्छी पालन कृषक समुह/समितिले चैत्र १६ गते भित्र माग पेश गर्न आग्रह गरिएको छ ।

attariya hospital

माग पेश गर्नका लागि सम्बन्धित वडा कार्यालयको सिफरिस, फर्म/समुह/समिति दर्ताको प्रमाण पत्र, समुह समितिको हकमा समुहको निर्णयको प्रतिलिपि आवश्यक पर्ने पशु शाखा प्रमुख राम बहादुर सार्कीले बताए ।