अत्तरिया – कैलालीमा सरकारी मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन ।

जिल्लाको गोदावरी नगरपालिका वडा नं. १ मनहरापुल नजिकै मोटरसाईकल दुर्घटना हुँदा बझाङको छविसपाथिभेरा गाउँपालिका – ५ का १८ वर्षिय पुस्कर सिँह र डोटीको शिखर नगरपालिका – २ का १८ वर्षिय गणेश कार्की घाईते भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपि) नवराज पोखरेलका अनुसार बझाङकै छविसपाथिभेरा गाउँपालिकाकाको से.१.ब ८२१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो ।
दुर्घटनामा घाईते दुवैको अवस्था मध्यम रहेको र उनिहरुको सेती प्रादेशीक अस्पतालमा उपचार भैरहेको उनले बताए ।

















