खाेज्नुहाेस

कैलालीका ३ पालिकाका ९ सय परिवारलाई कृषि सामग्री वितरण

Image

अत्तरिया – कैलालीका ३ वटा पालिकामा रहेको ९ सय परिवारलाई कृषि सामग्री वितरण गरिएको छ । जिल्लाका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कैलारी गाउँपालिकाका ९ सय परिवारलाई ब्याकवार्ड सोसाईटी एजुकेशन (बेस) ले सामग्री वितरण गरिएको हो ।

तिन ओटै पालिकाहरुको समन्वय र लुथरन वल्र्ड रिलिफ (एलडब्ल्युआर) को आर्थिक सहयोगमा बेसद्धारा सञ्चालीत कोभिड –१९ प्रभावित समुदायहरुको लागी पुनरोत्थान परियोजना अन्तरगत उक्त परिवारलाई कृषि सामग्री वितरण गरिएको परियोजनाकी कर्मचारी दिपा बमले जानकारी दिईन ।

attariya hospital
navjiwan hospital

उनले धनगढीका वडा नं. १, १२, १६ र १८, गोदावरीका ६, ८, ११ र १२ तथा कैलारीका १, २, ४ र ७ वडाका ९ सय परिवारलाई ५ लिटरको हजारी, २ लिटरको ह्याण्ड स्प्रे वितरण गरिएको बताईन । यस अघि परियोजना अन्तरगत नै उक्त पालिकाहरुमा विभिन्न सात प्रकारका तरकारीका बिउहरु पनि वितरण गरिएको उनले बताईन ।

कोभिडका कारण रोजगारी गुमाएका परिवारहरुलाई विशेष गरी उनिहरुको आर्थिक उन्नतीका लागी परियोजनाले कार्य गर्दै आएको बमले बताईन ।