बाजुरा – एकल महिला बलात्कार गरी फरार भएका बाजुराका एक अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् । बलात्कार पछि फरार जगन्नाथ गाउँपालिका–५ तल्लो काप्रीका ३२ वर्षीय नवराज शाही पक्राउ परेका हुन ।
गाउँघरमा नै लुकिछिपी बसेको भन्ने सुराकीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक चर्तुभुज ओझाले जानकारी दिएका छन ।


शाही २०७४ पुस १३ गते राति कोही नभएको मौका छोपी एकल महिलालाई बलात्कार गरेर फरार भएका थिए ।
शाहीलाई बाजुरा जिल्ला अदालतको ३ भदौ २०७६ को फैसलाले २ वर्ष ६ महिना कैद सजाय तोकेको थियो । त्यसपछि उच्च अदालत दिपायलले पनि ३० मंसिर २०७७ मा अभियुक्त शाहीलाई २ वर्ष ६ महिना कैद तोकेको थियो ।
उनलाई जिल्ला अदालत बाजुराको अनुमति लिएर जिल्ला कारागार चलान गरिएको छ ।

















