धनगढी – कैलालीको धनगढीमा रहेको नवजीवन सहकारी संस्थाको अध्यक्षमा देव बहादुर बम विजयी भएका छन । उनले प्रतिद्धन्दी रतन बहादुर कठायतलाई पराजित गरेका छन ।
अध्यक्षमा विजयी बमले ८ हजार ३९१ मत ल्याउँदा कठायतले ७ हजार ८३ मत पाएका छन ।


यस्तै उपाध्यक्षमा चेतराज ओझा निर्वाचित भएका छन् । सदस्यहरूमा इन्दिरा जैशी, उत्तम जोशी, गोपालराज पाठक, केशवराज मिश्र, महेशराज बिष्ट, घनबहादुर शाह, उपेन्द्र बिष्ट, शिवकुमार जोशी, गणेश बम, जयराज जोशी, विश्वनाथ ओझा पनि सदस्यमा विजयी भएका छन् ।
यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा चेतराज जोशी, सदस्यमा गणेशप्रसाद उपाध्याय र लक्ष्मीराज पन्त निर्वाचित भएका छन् ।
संस्थाको २८ औं साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।



















