अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा बंगुर पालन तालिम सुरु भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगत गोदावरी नगगरपालिकाको आयोजनामा बंगुर पालन तालिम सुरु गरिएको हो ।
तालिममा गोदावरी नगरपालिका १, ३ र ४ का १६ जनाको सहभागिता रहेका छन । बंगुर पालन तालिम फागुन २९ गते देखि चैत्र ३ गते देखि सम्म संचालन हुने मेडपाका उद्यम विकास सहजकर्ता नरेश साउँदले जानकारी दिएका छन ।

उनले ५ दिने तालिमको प्रशिक्षण गोदावरी नगरपालिकाको पशु शाखामा कार्यरत केशर राज पाण्डेले गरिरहेको बताए ।
तालिममा आर्थिक रुपमा कमजोर भएका १५ महिला र १ पुरुषलाई समेटिएको जनाइएको छ । मेडपाका उद्यम विकास सहजकर्ता दिपेन्द्र कुमार ओली तालिम पस्चात सहभागिलाई उद्यमी बनाउन सहयोग गरिने बताए । ‘सहभागिलाई प्रविधि हस्तान्तरण, वित्तिय पहुच र बजारीकरणमा सहयोग गरिने छ’ उनले भने ‘जसबाट उनीहरुलाई उद्यमी बन्न सहज हुन्छ ।’


तालिम गोदावरी नगरपालिका – १ का कार्यवाहक अध्यक्ष कृत चन्दको अध्यक्षतामा उद्घाटन गरिएको छ । कार्यक्रमको संचालन उद्यम विकास सहजकर्ता ओली गरेका थिए ।
मेडपा मार्फत चालु आर्थिक बर्षमा गोदावरी नगरपालिकाका १७५ जनालाई लघु उद्यमी बनाइने लक्ष्य लिइएको छ । कार्यक्रम अन्तरगत हाल नगरपालिकामा बिभिन्न सीप तालिम संचालन भइरहेका छन ।
गोदावरीमा यो कार्यक्रम गत बर्ष देखि सचालनमा आएको थियो । नगरपालिकाले यो कार्यक्रम गोदावरी नगरपालिकाका १, २, ३ र ४ मा संचालित छ ।



















