खाेज्नुहाेस

खप्तड गोल्डकपको फाईनलमा मनाङ र फ्रेन्ड्स भिड्ने

Image

धनगढी – कैलालीको धनगढीमा जारी पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा मनाङ मस्र्याङदी क्बल र फ्रेन्ड्स क्लब भिड्ने भएका छन ।

सर्वाधिक धनराशीको उक्त प्रतियोगीताको बुधबार भएको पहिलो सेमिफाईनल खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मनाङ फाईनलमा प्रवेश गरेको थियो भने बिहिबारको खेलमा फ्रेन्डस् क्लबले फाईनलको यात्रा तय गरेको हो ।

attariya hospital
navjiwan hospital

धनगढी रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा बागमती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ए डिभिजन क्लब फ्रेन्ड्स उपाधि नजिक पुगेको हो ।

निकै रोमाञ्चक बनेको खेलको पहिलो आफ गोलरहित टुङगीएको थियो । पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन । तर खेलको दोस्रो हाफको ६४ औं मिनेटमा एन्थोनी फ्रान्कोईसले पहिलो गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७१ औं मिनेटमा राजिब लोप्चनले एक गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाएका थिए ।

बाग्मतीका तर्फबाट ड्याडी वाम्बा जुनियरले खेलको ८३औ मिनेटमा एक गोल फर्काएपनि बाग्मतीलाई जिताउन त्यो पर्याप्त भएन ।
सुदूरपश्चिम – ११ स्पोर्टस् क्बल धनगढीको आयोजनमा सञ्चालीत प्रतियोगीताको फाईनल खेल २८ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।