एजेन्सी – पाकिस्तानमा बम विष्फोटबाट मृत्यु हुनेहरूको संख्या ५० पुगेको छ । उत्तर पश्चिमी पेशावर सहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा शुक्रबार बम विष्फोट भएको हो ।

विष्फोटमा परी २०० भन्दा धेरै घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका २० जनाको मृत्यु भएसँगै मृतकसंख्या ५० भन्दा माथि पुगेको बताइएको छ ।

घाइते भएका अधिकांशलाई पेशावरस्थित लेडी रिडिङ अस्पतालमा उपचार भइरहेको छ । विष्फोटमा परी एक प्रहरीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
आतंककारी जबरजस्ती मस्जिदभित्र जान खोजेको र प्रहरीसँग विवाद भएपछि आत्मघाती हमला गरेको प्रहरीले जनाएको छ ।


















