अत्तरिया – कैलालीको अत्तरियामा विश्व सुनाई दिवश मनाईएको छ । ईम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायीक कान उपचार केन्द्रले -याली सहित कार्यक्रमको आयोजना गरी दिवश मनाएको हो ।
केन्द्रका व्यवस्थापन समिति सदस्य मान बहादुर साउँदको सभापत्विमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष कृष्णराज जोशी रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी रहेका थिए ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघका सुदुरपश्चिम प्रदेश सदस्य अनिल मल्ल, ह्विलचियर एसोसिएसनका अध्यक्ष लक्ष्मण वि.क लगायत वडा नं. १ र २ का महिला स्वास्थ्य स्वंयमसेविकाहरुको पनि सहभागीता रहेको थियो ।

पछिल्लो समयमा विभिन्न कारणले सुनाई सम्बन्धीका समस्याहरु विकराल रुपमा बढ्दै गएकाले सुनाई सम्बन्धी विभिन्न कुराहरुको जानकारी दिन कार्यक्रमको आयोजना गरिएको केन्द्रका सदस्य साउँदले बताए । उनले दिवशलाई दिवशको रुपमा मात्रै नभई जनचेतनाको रुपमा अगाडी बढाउन सके भविष्यमा सुनाई सम्बन्धी समस्याहरु नियन्त्रण गर्न सकिने बताए ।
सुदूरपश्चिममा स्थापना भएसँगै ईम्प्याक्ट नेपाल कान उपचार केन्द्रले कान सम्बन्धीका धेरै कार्यहरु गर्दै आएको उनले बताए । सुनाई सम्बन्धी समस्या भएका व्यक्तिहरुलाई सक्षम बनाउनका लागी तालीम देखी अन्य विभिन्न क्रियाकलापहरु केन्द्रले गरेको उनको भनाई छ ।
यसअघि आयोजित ¥यालीमा सुप समावेशी आधारभुत विद्यालयका विद्यार्थीहरुका साथै नगरभित्रमा स्वास्थ्यक्षेत्रसँग सम्बन्धीत विभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
-यालीमा सहभागीहरुले ध्वनी प्रदुषणबाट बचौँ र बचाऔँ, कान जाँच गरौ र कान रोगबाट बचौ, जथाभावी औषधी सेवन नगरौ, बच्चालाई सुताएर स्तनपान नगराऔ, कानमा जथाभावी तेल पानी नहालौ, समय समयमा सुनाई क्षमताको जाँच गरौ लगायतका पम्पलेटहरु बोकेका थिए । कार्यक्रमको सञ्चालन ईम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायीक कान उपचार केन्द्रका परियोजना अधिकृत राम बहादुर बोगटीले गरेका थिए ।

















