खाेज्नुहाेस

कांग्रेस कैलाली सभापतिका लागि मतदान सकियो

Image

धनगढी – नेपाली कांग्रेस कैलाली जिल्ला सभापति पदका लागि भएको निर्वाचनमा २ हजार ४६७ मत खसेको छ । सभापति पदका लागि आज भएको दोस्रो चरणको निर्वाचनमा २ हजार ५७६ मतदाता मध्ये २ हजार ४६७ मत खसेको हो । यसअघि पहिलो चरणको मतदानमा २ हजार ४८६ मत खसेको थियो ।

navjiwan hospital

सभापति पदको मतगणना आजै केही बेरमा सुरु हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताएका छन ।

attariya hospital

फागुन १५ गते भएको पहिलो चरणको मतदानमा कसैको पनि बहुमत नआएपछि बिहिबार दोस्रो चरणको मतदान भएको हो ।

पहिलो चरणमा प्रकाश बमले १ हजार १६९ र नारायणदत्त भट्ट १ हजार ७२ बीच र रामबहादुर कलेल १९७ मत ल्याएका थिए । दोस्रो चरणमा बढी मत ल्याएका बम र भट्ट चुनावी मैदानमा छन ।