खाेज्नुहाेस

गोदावरी नगरपालिकालाई ९४ हजार बराबरको मास्क सहयोग

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकालाई मास्क सहयोग गरिएको छ । लुथरन वल्र्ड रिलिफ (एलडब्ल्युआर) को आर्थिक सहयोगमा ब्याकवार्ड सोसाईटी एजुकेशन (बेश) ले कोभिड – १९ बाट प्रभावित समुदायहरुको लागी पुनरोत्थान परियोजना अन्तरगत नगरपालिकालाई मास्क सहयोग गरेको हो ।

कोरोनाको महामारी केही न्युन भएपनि अझै यसको डर बाँकी रहेकाले नगरपालिकालाई मास्क सहयोग गरिएको परियोजनाकी कर्मचारी दिपा बमले जानकारी दिईन । उनका अनुसार परियोजनाले गोदावरी नगरपालिकालाई ९४ हजार बराबरका डिस्पोजल मास्क सहयोग गरिएको हो ।

attariya hospital

बुधबार परियोजनाकी कर्मचारी बमले नगरप्रमुख हरि सिँ साउँदलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरिन । परियोजनाले गोदावरी नगरपालिकाक्षेत्रमा स्वास्थ्य तथा कृषि क्षेत्रमा विभिन्न कार्यहरु गरेको उनले बताईन । उनले कोरोना महामारीका कारण रोजगार गुमाएर फर्किएका विपन्न परिवारका लागी परियोजनाले कार्य गरिरहेको बताईन ।

navjiwan hospital

यसैबिच परियोजना अन्र्तगत नै गोदावरी नगरपालिका वडा नं. ८ स्याउले सडक नाटक देखाईएको छ । कोरोना महामारीका कारण स्वास्थ्य जगतमा परेको प्रभाव र कोरोना बाट बच्ने उपायहरुबारे जनतालाई जानकारी दिन नाटक देखाईएको बमले बताईन ।

उनले कैलालीको कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिमा र गोदावरी नगरपालिकामा कोरोना महामारी सम्बन्धी सडक नाटक देखार्ईएको बताईन । यसका साथै गोदावरी नगरपालिकामा परियोजना अन्र्तगत थप १७ जना सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुराहरु प्रदान गरिएको छ ।

यसअघि नगरभित्र रहेका १६ जना महिलाहरुलाई ५ हजार बराबरको पोषणयुक्त खाद्यान्न वितरण गरिएकोमा थप १७ जनालाई खाद्यान्न वितरण गरिएको बमले बताईन । उनले आगामी दिनहरुमा पनि नगरपालिकामा परियोजना अन्र्तगत स्वास्थ्य र कृषि क्षेत्रमा विभिन्न कार्यक्रमहरु रहेको बताईन ।