धनगढी – कैलालीको बर्दगोरियामा विद्यालय स्तरको यू–१९ क्रिकेट प्रतियोगिता बालबाटिका क्रिकेट लिग–३ मंगलबार देखि सुरु भएको छ ।

बालबाटिका विद्या मन्दिरको आयोजनामा सञ्चालन भएको प्रतियोगिता अन्तरगत उद्घाटन खेलमा कैलालीको गुरुकुल एकेडेमी विजयी भएको छ । कर्णाली मा बि लाई ४ विकेटले पराजित गर्दै गुरुकुल एकाडेमी विजयी भएको हो ।

प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुनेछन् । पहिलो खेलमा आयोजक स्कुल बालबाटिका र सन्त निरंकारी टिकापुर एकेडेमीबीच हुनेछ, भने दोस्रो खेल गणेशबाबा स्कुल र होलिल्याण्डबीच हुने छ ।


















