धनगढी – कैलालीबाट हतियार सहित ३ जना पक्राउ परेका छन । सशस्त्र प्रहरीले कैलारी गाउँपालिका–५ छोटकी पलियाबाट ३ जनालाई हतियारसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बलको गस्ती टोलीले बिहीबार बिहान साढे ४ बजेतिर एक थान बारबोर बन्दुक र ५ कार्तोस (गोली) सहित कैलारी गाउँपालिका–३ का स्थानीय ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरीलाई पक्राउ गरेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नं. ३४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताएका छन ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

















