कञ्चनपुर – कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा फागुन १४ देखि चैत ५ गतेसम्म फारवेस्र्टन कर्पोरेट क्रिकेट कप २०२२ प्रतियोगिता आयोजना हुन लागेको हो ।

सुदूरपश्चिमका कर्पोरेट कार्यालयलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक भोजराज जोशीले जानकारी दिए ।

प्रतियोगिता महेन्द्रनगरको खुलामञ्चमा र कबर्डहलमा गरी दुई ठाउँमा खेलाइने जनाइएको छ । प्रतियोगीतामा कैलाली र कञ्चनपुरबाट २० टिमको सहभागिता रहने स्टार प्रोड्क्सनका अध्यक्ष अक्षत पाण्डेयले जानकारी दिए ।
सो प्रतियोगितामा विजयी टिमलाई नगद एक लाख पाँच हजार द्वितीय टिमलाई नगद ५५ हजार प्रदान गरिने अयोजकले जनाएको छ । प्रतियोगितामा म्यान अफ द सिरिजलाई पाँच हजार ५००, बेस्ट ब्याट्सम्यानलाई तीन हजार ५०० तथा प्रतियोगिताका बेस्ट बलरलाई तीन हजार ५०० सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

















