खाेज्नुहाेस

अछाममा जनता आवासका १०१ घर निर्माण 

Image

अछाम – अछामका विपन्न, दलित, लोपोन्मुख र अति सीमान्तकृत समुदायको लागि आवास निर्माणको काम सकिएको छ । जनता आवास कार्यक्रम अन्तर्गत १०१ घर निर्माण गरिएका हुन ।

जिल्लामा ०७६/७७ देखि घर निर्माण कार्य सुरु भएको थियो । एक वर्षसम्म निर्माण कार्य अलपत्र पर्दासमेत वास्ता नगरेको सरकारले गत असोजमा मात्रै सम्पन्न भएको मंगलसेन नगरपालिका–५ की ठम्मरा विकले बताइन । ‘एकातिर ऋण काढेरै निर्माण गरेका कारण साहुले सताउने गरेका थिए । तर अहिले भने आनन्द भएको छ,’ उनले भनिन्, ‘अर्कोतर्फ अधुरो कार्य पूरा नहुँदा बर्खामा झनै समस्या भयो ।’

attariya hospital
navjiwan hospital

लाभग्राहीमध्ये धेरैजसोले ऋण काढेरै घर निर्माण सम्पन्न गरेको र प्रदेश सरकारले अन्तिममा भुक्तानी दिएको मंगलसेन नगरपालिका–५ की जैसरा विकले बताइन । सरकारले विपन्न तथा सीमान्तकृत जाति तथा समुदायलाई सुरक्षित बसोबास कार्यक्रमअन्तर्गत निर्माणको प्रक्रियामा रहेका जैसरा र ठम्मराका जस्तै अरूका आवासको समेत निर्माण प्रक्रिया सम्पन्न गरेको छ ।

भवन डिभिजन कार्यालय डोटीका अनुसार जनता आवास कार्यक्रममार्फत सरकारले यस वर्ष अछामका मंगलसेन, पञ्चदेवल विनायक, साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा घर निर्माण गरेको छ ।  कार्यालयका अनुसार प्रतिघर निर्माणका लागि ३ लाख ३२ हजार रुपैयाँ बराबरको निर्माण सामग्री समुदायलाई उपलब्ध गराइएको छ  ।