खाेज्नुहाेस

मुख्यमन्त्री भट्टले संघिय सरकारलाई सुस्त र लाचारीपनको संज्ञा दिए

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघिय सरकारलाई सुस्त र लाचारीपनको संज्ञा दिएका छन ।७२ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा संघिय सरकारमाथि खनिएका मुख्यमन्त्री भट्टले संघिय सरकारलाई सुस्त र लाचारीपन संज्ञा दिएका हुन ।

उनले प्रदेश सरकार गठन भएको चार बर्ष पुरा हुँदा पनि संघिय सरकारको सुस्त भएकाले अहिले सम्म पनि साँझा अधिकारका काम अगाडी बढ्न नसकेको बताए ।

attariya hospital

‘संबिधानले एकल अधिकार र साँझा अधिकार दिएका छन । अहिले पनि साँझा अधिकारका कानुन नबन्दा खेरी काम गर्न असहज भएको छ’ उनले भने ‘साझा अधिकारलाई प्रयोग गर्न नसकेको कारणले, संघिय सरकारले यो कुरालाई अगाडी नबढाएको कारणले, संघिय सरकार यो कुरामा सुस्त भएका कारणले समस्या श्रृजना भएका छन ।’

उनले साँझा अधिकारको कानुन नबन्दा प्रहरी समायोजना अहिले सम्म हुन नसकेको बताए । उनले संघिय निजामती ऐन नआएको कारणले कर्मचारीहरुको भर्ना गर्नमा अप्ठ्यारो भएको बताए ।

navjiwan hospital

‘कयौं साँझा अधिकारका बिषयहरु समयमै नबनेको कारणले हामीलाई अप्ठ्यारो भएको छ । अहिले पनि एकात्मक सोचले काम गरको छ । त्यो सोचको अन्त्य नगरिकन हामीले आम नागरिकलाई सेवा दिन सक्दैनौ’ उनले भने ‘अहिले तिनै तहका सरकारका एकल अधिकार त हामीले प्रयोग गरिरहेका छौं ।’

मुख्यमन्त्री भट्टले संघिय सरकाले कर्मचारीलाई निर्णय गरेर पठाउन नसक्ने लाचारीपनका कारण प्रदेश सरकारलाई काम गर्न समस्या भएको बताएका छन । उनले कर्मचारी फेरबदलमा संघिय सरकारले मनपरी गरेकाले समस्या भएको बताए ।
‘आज हामी हाम्रो प्रदेश सरकारहरुमा कतिखेर कुन प्रशासकीय प्रमुख आउन्छन कतिखेर जान्छन । यो हामीलाई थाहा हुदैन । संघिय सरकारको मन लाग्या भने फेरबदल गरिदिने मन लाग्यो भने राखिदिने कसैलाई बर्षौ सम्म पनि सुबिधामा नलग्ने । कसैलाई निर्णय गरेर पनि पठाउन नसक्ने जुन प्रकारको एउटा लाचारीपना देखिएको छ’ उनले भने ‘यसले गर्दाखेरी संघियता कमजोर भएको छ । यसैले संघियता प्रति प्रश्न उठेको छ ।’
उनले संघिय सरकारकै कारण अहिले प्रदेश सरकारको पहिलो कार्यकाल पुरा नहुँदै संघियता आवश्यक छैन भनेर चर्चा सुरु भएको बताए ।
उनले प्रदेश सरकारको आलोचना गर्नु भन्दा पनि संघियता किन कमजोर भएको छ भन्ने कारणको खोजी गरिनु पर्ने बताए ।

‘नेपालको सबैभन्दा राम्रो व्यवस्था हामी सबैले रोजेको व्यवस्थालाई सफल पार्नु नै नेपाललाई सफल पार्नु हो । यदी यो गर्न सकिएन भने जनतामा एक प्रकारको आक्रोस, असन्तुष्टि, निरासा देखिन्छ र जनताले अर्को बाटो रोज्न बाद्य हुन्छन्’ उनले भने ‘त्यसैले म संघिय सरकारलाई अग्रह गर्न चाहन्छु । साँझा अधिकारका गर्नेु पर्ने कामहरुलाई छिटो भन्दा छिटो गर्दा नै सबैभन्दा उचित हुन्छ ।’

उनले सुदूरपश्चिम प्रदेश विगतमा विकासमा पछाडी परेको र, अहिले पनि पछाडी नै रहेको बताए ।

‘हामीसंग धेरै प्राकृतिक श्रोत साधनहरु छन । तर, साधन श्रोत नभएको कारणले हामीले हामीले प्राकृतिक श्रोत साधनलाई परिचालन गर्न सकेका छैनौ’ उनले भने ‘हामीसंग आर्थिक अवस्था कमजोर भएका कारणले हामीले यी कुरालाई तिब्र गतिमा अगाडी बढाउन सकेका छैनौ ।’