खाेज्नुहाेस

सेतीमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु

Image

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना कैलाली र एक जना कञ्चनपुरका रहेका छन ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालमा कोरोना उपचाररत गोदावरी नगरपालिका – ४ का ८२ बर्षिय पुरुष र पुनर्वास नगरपालिका – ७ का ८० बर्षिय पुरुषको मृत्यु भएको हो ।

attariya hospital
navjiwan hospital

यो संगै सेतीमा हालसम्म कोरोना उपचारका क्रममा मृत्यु हुनेको संख्या २२७ पुगेको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा ३ जनाले कोरोना जितेका छन भने १ नयाँ संक्रमित कोरोना उपचारका लागि भर्ना भएका छन ।

हाल सेतीमा ६ संक्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ । जसमध्ये ४ जनाको आइसियुमा राखेर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन

यसैबिच अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८५ नमूनाको कोरोना जाँच गरिएकोमा ७७ जनाको नतिजा भने नेगेटिभ आएको छ ।