खाेज्नुहाेस

चुजी फाउन्डेशनले डोटीका लागि मन्त्री आलेलाई बुझायो ३ हजार कम्बल

Image

डोटी – ताइवानमा हेडक्वार्टर रहेको चुजी फाउन्डेशनले डोटीका लागि पर्यटन मन्त्री प्रेम आलेलाई ३ हजार कम्बल बुझाएको छ ।फाउन्डेशनले डोटी जिल्लाका दुर्गम भेगका जेष्ठ नागरिक र एकल महिलालाई जोडोबाट जोगाउन उक्त कम्बल मन्त्री आलेलाई बुझाएको हो ।

navjiwan hospital

उक्त कम्बल चुजीको तर्फबाट नेपालका राष्ट्रिय संयोजक पियारत्न तुलाधरले डोटीबाट निर्वाचित सांसद समेत रहेका मन्त्री आलेलाई बुझाएका थिए ।

attariya hospital

फाउन्डेशनले डोटीकै लागि १० हजार मास्क र सेनिटाजर समेत मन्त्री आलेलाई हस्तान्तरण गरेको छ ।

फाउन्डेशनको तर्फबाट नेपालका लक्षित वर्गलाई २० हजार थान कम्बल वितरण गर्ने क्रममा ३ हजार थान सुदूरपश्चिमको डोटीमा पठाउन लागिएको हो ।