खाेज्नुहाेस

अत्तरियामा मादल घन्काउँदै एमसीसीको बिरोध (भिडियो)

Image

अत्तरिया – देशभर ६ दलिय मोर्चाले गरेको बन्दको प्रभाव अत्तरियामा पनि परेको छ । बन्दका कारण यस क्षेत्रमा लामो दुरीका सवारी साधन नियमित संचालनमा आउन सकेका छैनन् भने छोटो दुरीका सवारी साधन पनि छिटफुट मात्रै चलेका छन ।

अत्तरिया बजार पनि बन्द रहेको छ भने चोकमा बिहानै देखि बन्दकर्ता युवाहरुले नारा जुलुस गर्दै सवारी साधन चल्न दिएका छैनन ।
त्यस्तै अत्तरिया चोकमै स्थानीय कलाकारहरुले मादल र हार्मोनियम बजाउँदै नाचगान समेत गरिरहेका छन । उनीहरुले एमसीसीको बिरुद्धमा गित गाउँदै बिच सडकमा सांस्कृतिक प्रदर्शन गरिरहेका छन ।

attariya hospital
navjiwan hospital

बन्द कार्यक्रममा सहभागि प्रमोद जोशीले एमसीसीको बिरुद्धमा स्फुर्त रुपमा सहभागि भएको बताए । उनले बन्द संगै गित मार्फत एमसीसीको बारेमा जानकारी दिन सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रि मोर्चा नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र सामाजवादीले आज नेपाल बन्दको घोषणा गरेका छन ।