खाेज्नुहाेस

एमसीसी टेबल गर्नबाट ‘ब्याक’ भए देउवा

Image

काठमाण्डौं – एमसीसी टेबल गर्ने निर्णयबाट प्रधानमन्त्री शेरबहादुर देउवा तत्कालका लागि पछि हटेका छन । सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री सो निणयबाट पछाडी हटेका हुन ।

navjiwan hospital

सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित हुन नसक्ने निर्णय गरेको थियो । जबरजस्ती एमसीसी टेबुल गरिए सरकारबाटै बाहिरिने माओवादीले निष्कर्ष निकालेसँगै प्रधानमन्त्री देउवा ब्याक भएका हुन् ।

attariya hospital

बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।