खाेज्नुहाेस

बैतडीमा मृत चितुवा भेटियो

Image

बैतडी – बैतडीको तल्लो स्वराडमा वयस्क चितुवा मृत फेला परेको छ । पञ्चेश्वर गाउँपालिका–५ गिरेगाडामा ५ फिट १ इन्चको चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए ।

navjiwan hospital

स्थानीयले मृतावस्थामा चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनले भने, ‘मृत चितुवाको पेटमा घाउ र जंगली जनावरले खाएको अवस्थामा थियो, दुई चितुवा लडेको जस्तो देखिन्छ तर त्यही हो भनेर भन्न सकिने अवस्था छैन ।’

attariya hospital

चितुवाको सिनो वन कार्यालयका कर्मचारी र प्रहरीले सदरमुकाम ल्याए खाडलमा गाडेका छन ।