
अत्तरिया – सेती प्रादेशिक अस्पतालमा ६ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा ८२ नमूनाको कोरोना जाँच गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
परिक्षण गरिएका ७६ नमूनाको नजिता भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
यसैबिच पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको दोधराचाँदनी –७ की ४५ बर्षिय महिला रहेकी छिन । उनको सेतीमा उपचारकै क्रममा मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा २ संक्रमित अस्पतालमा भर्ना भएका छन । यो संगै हाल अस्पतालमा कोरोना उपचाररत बिरामीको संख्या १७ पुगको छ । जसमध्ये ४ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

















