
अत्तरिया – सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । दोधराचाँदनी नगरपालिका – ७ की ४५ बर्षिय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
सुगर र दम सम्बन्धी समस्याले अस्पताल भर्ना भएकी ति महिलामा माघ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कोरोना उपचारकै क्रममा सोमबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



















