खाेज्नुहाेस

डोटीमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु

Image

डोटी – डोटीमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जोरायल गाउँपालिका–२ छतिवन बुडर बजार नजिकै पानी बोक्ने ट्याङ्कर दुर्घटना हुँदा सोही ठाउँका ४२ वर्षीय तारा ऐरको मृत्यु भएको हो ।

navjiwan hospital

बुडरबाट छतिवन जाने क्रममा से १ क २१ नम्बरको ट्याङ्कर दुर्घटना हुँदा ऐरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

attariya hospital

सो घटनापछि ट्याङ्कर चालक नवीन ऐर भने फरार छन् ।  प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।