खाेज्नुहाेस

कञ्चनपुरमा एक वडा अध्यक्षलाई कालोमोसो दलियो, यस्ता छन कारण ?

Image

अत्तरिया  – कञ्चनपुरका एक वडाअध्यक्षलाई कालोमोसो दलिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले कञ्चनपुरको बेल्डाडी गाउँपालिका – २ का अध्यक्ष प्रेम खातिलाई कालोमोसो दलेका हुन् । नेकपाले बिभिन्न ९ बुदे आरोप लगाउँदै जनकारवाही गरको जनाएको छ ।

navjiwan hospital

उसले एक प्रेस विज्ञप्ती जारी गर्दै वडा अध्यक्षले कार्यालय भवनको भाडा एक ठाउँ दिने अनी कार्यालय भने गाउँपालिका भित्र राखेको, सम्झौता बहुउद्देश्यीय र साना किसान लघुवित्तियलाई जमिन सहित १५ लाख दिने निर्णय गरेको, मनोमानी तरिकाले कर्मचारी नियुक्ति गरेको, मनोमानी गरिकाले ग्रावेल फालेको आरोप लगाएको छ ।

attariya hospital

विज्ञप्तीमा वडा अध्यक्षले मनोमानी गरिकाले आफ्नो अनुकुलतामा काम गरेको, गाउँपालिकाको पछाडी एकल महिलाका लागि २८ लाख बनाएको ४ कोठे भवनमा पनि अनियमितता गरको, बसपार्कका लागि भनी ल्याएको २७ टिप्पर गिट्टी बालुवा बेचेको, वडा कार्यालयमा उपस्थित नभई सेवा ग्राहीहरुलाई अनेक बाहानामा दुख दिएको, कालिकिच उपभोक्ता समितिको कार्यालय देखि क्याम्पस सम्मको सडक निर्माणमा पनि आर्थिक अनियमितता भएको उल्लेख छ ।