खाेज्नुहाेस

कञ्चनपुरमा ८६ हजार भेडा–बाख्रालाई पिपिआर खोप लगाइने

Image

कञ्चनपुर – कञ्चनपुरमा ८६ हजार भेडा र बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । पिपिआरबाट जोगाउन कञ्चनपुरका नौवटै स्थानीय तहका किसानले पालेका बाख्रा र भेडालाई पिपिआर रोगविरुद्धमा खोप लगाइएको हो ।

navjiwan hospital

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सूचना अधिकारी शंकरदत्त जोशीका अनुसार चालु आर्थिक वर्ष २०७/७९ को दोस्रो चौमासिकमा भेडा, बाख्रामा लाग्ने पिपिआर महामारी रोगविरुद्धमा खोप लगाइएको छ ।

attariya hospital

भीमदत्त नगरपालिकामा ११ हजार ५००, बेदकोट नगरपालिकामा ११ हजार ५००, दोधाराचाँदनी नगरपालिकामा ११ हजार ५००, कृष्णपुर नगरपालिकामा १० हजार, पुनर्वास नगरपालिकामा १० हजार ५००, बेलौरी नगरपालिकामा ८ हजार, शुक्लाफाँटा नगरपालिकामा ११ हजार ५००, लालझाडी गाँउपालिकामा ८ हजार बेलडाँडी गाँउपालिकामा ५ हजार बाख्रा भेडामा खोप लगाइएको सूचना अधिकारी जोशीले जानकारी दिए ।