दार्चुला – बैतडी र दार्चुलाका सीमानाका बन्द हुने भएका छन । भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि सीमा नाका बन्द हुन लागेका हुन ।

१४ फेब्रुअरी २०२२ मा हुने चुनावलाई लक्षित गरि आगामी माघ २९ गते बेलुका ५ बजे देखि फागुन ३ गते बिहान ७ बजेसम्म सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुला सीमानाकाका ६ वटा पुल सहित बैतडीका सीमा नाकाहरु बन्द रहने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।















