खाेज्नुहाेस

कैलालीका सहायक वन अधिकृतलाई कालोमोसो लगाउने १ जना पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीका सहायक वन अधिकृतलाई कालोमोसो लगाउने १ जना पक्राउ परेका छन । माघ १७ गते भजनी नगरपालिका – ९ पच्मोडिया सव–डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत विश्व राज पण्डितलाई कालोमोसो दल्ने भजनी नगरपालिका – ९ का ३९ बर्षिय पहल पुन मगर पक्राउ परेका हुन ।
कालोमोसो लगाउने व्यक्तिहरुको खोज तलास गर्ने क्रममा मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीमाथी अभद्र व्यवहार मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
माघ १७ गते ५÷६ जनाको समुहले सहायक वन अधिकृत पण्डित माथि कालोमसो दलेको थियो । प्रहरीले अन्य संलग्न व्यक्तिहरुको खोज गरिरहेको जनाएको छ ।