अछाम – जिल्ला कारागार अछाममा क्षमता भन्दा बढी कैदी बन्दी रहेको पाइएको छ । कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या देखा परेको जिल्ला कारागार अछामका निमित्त प्रमुख धन बहादुर शाही जानकारी दिए । निमित्त प्रमुख जेलर शाहीले कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या भइरहेको बताउनु भएको हो ।
कारागारमा अहिले ८१ जना कैदी बन्दी रहेको बताउँदै उनले महिला कैदी बन्दीहरूलाई व्यवस्थापन गर्न सहज भए पनि पुरुषको हकमा भने क्षमता भन्दा बढी राख्नु पर्ने बाध्य रहेको बताएका छन् । उनका अनुसार कारागारमा अहिले सम्म ७४ पुरुष ६ जना महिला र १ जना आश्रित बालबालिका गरी जम्मा ८१ जना कैदी बन्दी रहेका छन् ।


कैदीबन्दीहरुलाई बसोबास गर्न खाली कोठा नहुँदा भवनको ग्यालरीमा राखेर व्यवस्थापन गरिएको निमित्त जेलर शाही जानकारी दिएका हुन् । बि.सं. २०५८ साल फागुन ४ गते राति तत्कालीन विद्रोही माओवादीले अछाम आक्रमण गरी कारागारमा समेत क्षति पु¥याएपछि नयाँ कारागार भवन निर्माण गरिएको थियो । कैदीबन्दी थपिँदै जाँदा क्षमता कम हुँदै गएको कार्यालयले जनाएको छ ।
रासस

















