खाेज्नुहाेस

सुदूरपश्चिममा सौर्य ऊर्जा अध्ययन गर्न अनुमति

Image

धनगढी – सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाट सौर्य ऊर्जा विकास गर्न सरकारले सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मङ्गलबार बसेको लगानी बोर्डको ४९ औँ बैठकले डोटी र डडेल्धुरा जिल्लामा विकास गर्ने गरी अध्ययन गर्न स्वीकृति प्रदान गरेको छ ।

navjiwan hospital

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टका अनुसार डोटी जिल्लाको दिपायल सिलगढी नगर पालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगर पालिकामा सौर्य ऊर्जाको विकासका लागि अध्ययन गर्न अनुमति दिने निर्णय भएको हो ।

attariya hospital

डोटीमा अनुमानित १२५ मेगावाट तथा डडेल्धुरामा २२५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि अनुमानित लागत २३ अर्ब रुपियाँँ लगानी गर्ने गरी परियोजना विकासका सम्बन्धमा भारतको सेन्ट्रलइलेक्ट्रोनिक लिमिटेडलाई सम्भाव्यता अध्ययनका लागि अनुमति प्रदान गरिएको हो ।