खाेज्नुहाेस

एकलौटी कार्यसमिति चयन गरिएको भन्दै प्रेस चौतारी कैलालीको अधिवेशन बहिस्कार

Image

अत्तरिया – प्रेस चौतारी कैलालीको सातौं जिल्ला अधिवेशनमा विवाद श्रीजना भएपछि केही सदस्यले बन्दसत्र बहिस्कार गरेका छन । बन्दसत्रमा एकलौटी ढंगले समिति चयन गरिएको भन्दै असन्तुष्ट पक्षले विरोध जनाउँदै बन्दसत्र बहिस्कार गरेका हुन । उनीहरुले बन्दसत्र सुरु हुने बितिकै कार्यसमिति छनोटका लागि बनेको अध्यक्ष मण्डलले छलफल नगरी नाम घोषणा गरेको जनाएका छन ।

बैठक बहिस्कार गरेका धु्रव ओझाले एकलौटी नयाँ कार्यसमिति चयन गरिएपछि बैठक बहिस्कार गरेको बताए । उनले अध्यक्षमा भानुभक्त आचार्य, उपाध्यक्षमा निराजन परियार, उपाध्यक्ष महिलामा मिना चौधरी, सचिवमा जनक बिष्ट, सह–सचिव प्रेम बिष्ट र कोषाध्यक्षमा लोकुसिंह ठकुरीको नाम एकलौटी ढंगले घोषणा गरिएको बताए ।

attariya hospital

उक्त एकलौटि गरिएको घोषणामा आफू लगायतका आधा दर्जन सदस्यले बिरोध जनाउँदै बैठक बहिस्कार गरेको उनले बताए । उपाध्यक्षमा पदमराज ओझा, सचिवमा धुर्ब ओझा र जीवन बिष्टले आकांक्षा राखेका भएपनि उनीहरुका कुरै नसुनी प्रेस चौतारी सुदूरपश्चिमका सहइन्चार्ज गोविन्द रोस्याराको संयोजकत्वमा गठित अध्यक्ष मण्डलले नयाँ कार्यसमिति घोषणा गरेको उनीहरुको आरोप छ ।

navjiwan hospital

कार्यसमिति सदस्यमा राम सुनार, अंकित उप्रेती, रोशनी बिक, सागर परियार, अनिला स्वर्णकार, खगेन्द्र अवस्थी र कुलराज चौधरी चयन गरिएका छन् । सहसचिव समावेशी र पाँच जना कार्य समिति सदस्यलाई भने जिल्ला कार्य समितिले मनोनित गर्ने जनाइएको छ ।

अध्यक्षमा निर्वाचित आचार्यले भने कार्यसमिति चयनमा त्यस्तो बिवाद नभएको बताए । उनले सबैलाई मिलाएर लौजाने क्रममा केही सामान्य अनन्तुष्टि भएपनि आगामी दिनमा सबैलाई मिलाएर लैजाने बताए ।

यसअघि संयोजक र सह–संयोजक गरी १९ जनाको कार्यसमिति रहेको थियो । मंगलबार प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमा चौतारी कैलालीको जिल्ला अधिवेशन उद्घाटन गरिएको थियो ।

सम्बन्धित समाचार : आचार्यको अध्यक्षतामा प्रेस चौतारी कैलालीको कार्य समिति चयन