अत्तरिया – हिमपातका कारण बिहिबार देखि अवरुद्ध बनेको भीमदत्त राजमार्ग सूचारु भएको छ । राजमार्गका बिभिन्न ठाउँमा जमेको हिउँ पन्छाइएपछि राजमार्ग सुचारु बनेको हो ।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने यो राजमार्ग शनिबर साँझबाट सूचारु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जननाएको छ ।

राजमार्ग खुलाउन स्थानीय तहका डोजर र नेपाली सेनाले हिउँ पन्छाएका थिए । सडक सुचारु भएसंगै बाटोमै अलपत्र परेका यात्रु गन्तव्यतर्फ हिँडेका छन् । राजमार्गको साहुखर्क र हगुल्टे लेकमा बाक्लो हिउँ जमेको थियो ।


















