खाेज्नुहाेस

सुदूरपश्चिममा हिमपातले अवरुद्ध सडक अझै खुल्न सकेनन्

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा परेको हिमपातले अवरुद्ध राजमार्ग अझै सुचारु हुन सकेका छैनन् ।

navjiwan hospital

हिमपातले अबरुद्ध भएका राजमार्ग खुलाउने क्रम जारी रहेपछि अझै केही ठाउँमा सडक पुर्ण रुपमा सूचारु हुन सकेका छैनन् ।

attariya hospital

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार डोटीको सानागाउँ, बैतडीको खोड्पे, डडेल्धुराको हगुल्डेमा सडक अवरुद्ध रहेको छ ।

ति ठाउँमा सडक खुलाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । यस्तै बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अझै सञ्चालन हुन सकेको छैन ।