जनशक्ति अभावमा भेन्टिलेटर थन्किए 

 

बैतडी –  जिल्ला अस्पताल बैतडीमा जडान गरिएका भेन्टिलेटर र आइसियु थन्किएका छन । गत वर्ष जडान भए भेन्टिलेटर र आइसियु जनशक्ति अभावका कारण थन्किएका हुन ।

maya metro hospital

दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर र आइसियु प्रयोगमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए । ‘सरकारले जनशक्ति नपठाउँदा भेन्टिलेटर सहितको आईसीयू कक्ष सञ्चालनमा समस्या भएको छ । भेन्टिलेटर सञ्चालनका लागि नभई नहुने एनेस्थेसियोलोजिस्ट र फिजिसियन विशेषज्ञ चिकित्सको अभाव छ’ उनले भने ।

joshi vada pasal 2

कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आईसीयू कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको अस्पतालका प्रमुख डा. जोशीको भनाइ छ । आईसीयू सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा नहुँदा आईसीयू सञ्चालनमा समस्या छ ।

raunak fals and silling

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत वर्षको मंसिरमा जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटर सहितको दुई शैय्याको आईसीयू कक्ष स्थापना भएको थियो ।

अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा महामारीमा पनि प्रयोगमा आउन नसकेको जिल्ला अस्पतालका सूचना अधिकारी हरीशप्रसाद पन्तले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटर सहितको आईसीयू कक्ष राख्ने निर्णयअनुरूप उक्त आईसीयू बेड ल्याइएको थियो ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.