खाेज्नुहाेस

ठेक्का सम्झौताको ८ वर्षमा पनि बनेन पुुल

Image

डोटी – तीन वर्षमा निर्माण हुनुपर्ने डोटीको शिखर नगरपालिका–१० स्थित सेती नदीमा निर्माण भइरहेको आरसीसी पुलको काम आठ वर्ष भइसक्दासमेत पूरा हुन सकेको छैन ।

मूल्य अभिवृद्धि कर (भ्याट) सहित २६ करोड २० लाख रुपियाँको लागतमा निर्माण हुने भनिएको ३२० मिटर लामो सो आरसीसी पुल निर्माणका लागि डिभिजन सडक कार्यालय कुलपाते, डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

attariya hospital
navjiwan hospital

डिभिजन सडक कार्यालय कुलपाते डोटीका सूचना अधिकारी इन्जिनियर योगेन्द्रबहादुर अधिकारीका अनुसार २०७४ साल असार २९ गते काम पूरा गर्ने गरेर २०७१ सालमा सो पुलको ठेक्का सम्झौता भएको हो ।

२०४९ सालमा निर्माण कार्य सुरु भएको सातनाली–मेल्लेक सडकलाई केआई सिंह राजमार्गसँग जोड्ने सो पुल निर्माण गर्ने सम्झौता भएको थियो ।

तीन वर्ष पहिलो ठेक्का सम्झौता अवधि सकिएर चार पटक म्यादसमेत थप भइसकेको छ । हालको सम्झौताअनुसार ठेक्काको अन्तिम म्याद २०७८ चैत मसान्तसम्म छ । निर्माण कम्पनीले हालसम्म तीन करोड २१ लाख रुपियाँ भुक्तानीसमेत लिएको भए पनि २० प्रतिशत काम मात्र पूरा गरेको छ । (गोरखापत्रबाट)