खाेज्नुहाेस

सुदूरपश्चिम कोरोना अपडेट : २४६ संक्रमित थपिए, १ जनाको मृत्यु

Image

अत्तरिया – सुदुरपश्चिम प्रदेशमा मंगलबार थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १४२ नमूनाको कोरोना परिक्षण गरिएकोमा ७९६ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

navjiwan hospital

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट ९२८ नमूनाको कोरोना जाँच गर्दा १५८ र पीसीआर बिधिबाट २१४ नमूनाको कोरोना जाँच गर्दा ८८ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ५८ हजार ६१ पुगेको छ ।

attariya hospital

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका – ५ का ५५ बर्षिय पुरुष रहेका छन । उनको कोरोना उपचारकै क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको निदेशनालयले जनाएको छ । यो संगै प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६२४ पुगेको छ ।

यसैबिच पछिल्लो २४ १८८ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३९ हजार ९२० पुगेको छ ।