कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले २२ किलो १५० ग्राम लागु औषध चरेश बरामद गरेको छ ।

जिल्लाको बेलौरी नगरपालिका–३ बुटावारीबाट प्रहरीले भारतिय नम्बर प्लेटको मोटरसाईकलमा बाधेर राखेको अवस्थामा उक्त चरेश बरामद गरेको हो ।

युपी ३१ एपी २२५६ नम्बरको भारतिय मोटरसाइकलमा हरियो बोरी (कट्टा) मा डोरीले बाँधेर राखेको अवस्थामा चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।
बरामद भएको चरेसबारे अनुसन्धान भैरहेको शाहले बताए । चरेस र मोटरसाइकल इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा रहेको छ ।



















