खाेज्नुहाेस

डोटीमा बुवाको पुन्यतिथीमा छोराहरुद्धारा विपन्नलाई सहयोग

Image

अत्तरिया – डोटीको आदर्श गाउँपालिका – ४ का स्व. शिवराज ओझाको पुन्यतिथीमा विपन्न परिवारलाई सहयोग गरिएको छ ।

navjiwan hospital

डोटीमै रहेको प्रभात मावि देहीमाण्डौका संस्थापक पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका ओझाको दोस्रो पुन्यतिथीमा उनका ४ छोराहरुले सहयोग गरेका हुन ।

attariya hospital

ओझाका छोरा धर्मराज, मुकेश, धुर्वराज र बसन्तराजले वडाका असहाय गरिब, एकल महिला तथा विपन्न परिवारलाई ५० थान कम्बल तथा स्थानीय ३ जना विद्यार्थीहरुलाई ३/३ हजारका दरले छात्रवृत्ति प्रदान गरेका थिए ।