खाेज्नुहाेस

डोटीमा एक युवती मृत फेला

Image

डोटी – डोटीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । केआईसिंह गाउँपालिका– ६ सलेना घर भएका खेम भाटको छोरी अन्दाजी १८÷२० वर्षीया हरिना भाट मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घरबाट ८÷९ सय मिटर टाढा रउताने खोलामा मृत अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए ।

attariya hospital
navjiwan hospital

युवतीको शव बाटोभन्दा करिब ५ मिटर तल घोप्टो अवस्थामा फेला परेको छ ।

मृतकका आफन्तले भाटको हत्या भएको आशङ्का गरेका छन् ।  एक महिना अगाडि  डडेल्धुराकै परशुराम नगरपालिकाका एक व्यक्तिसँग भागेर विवाह गरेकी भाट माइती घर आएको ४ दिन पछि मृत फेल परेकी हुन ।