अत्तरिया – सुदूरपश्चिम प्रदेशमा शनिबार ३८८ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा १ हजार ३४४ नमूनाको कोरोना जाँच गर्दा ३८८ संक्रमित थपिएका हुन ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट १ हजार ४५ नमूनाको कोरोना जाँच गर्दा २०० र पीसीआर बिधिबाट २९९ नमूनाको कोरोना जाँच गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको छ ।


प्रदेशमा शुक्रबार २ हजार २५० नमूनाको कोरोना जाँच गर्दा ५ सय ६५ कोरोना संक्रमित थपिएका थिए । यो संगै प्रदेशमा हाल कोरोना संक्रमितको संख्या ५३ हजार ५ सय य२ पुगेको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ का ५२ बर्षिय पुरुष रहेको छन । उनको सेती प्रादेशिक अस्पतालमा कोरोना उपचारका क्रममा मृृत्यु भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ३६ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३८ हजार ३६८ पुगेको छ ।















