खाेज्नुहाेस

बैतडीमा कोरोना संक्रमणको अवस्था आँकलन गर्न घुम्ती परीक्षण गरिने

Image

बैतडी – कोरोना संक्रमण बढ्दै गएपछि बैतडीमा कोरोना संक्रमणको अवस्था आँकलन गर्न घुम्ती परीक्षण गरिने भएको छ । जिल्ला कोभिड १९ संक्रमण व्यवस्थापन समिति (डिसिएमसी) को बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले जिल्लाका सरकारी कार्यालयले खोप कार्ड हेरेर मात्रै सेवा दिने, खोपको पहुँचमा सबैलाई पु¥याउने, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा नहुने, जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्ने निर्णय गरेको छ । होटेल तथा रेष्टुराँमा पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न र खोप कार्ड अनिवार्य गर्ने निर्णय पनि गरेको छ ।

attariya hospital

डिसिएमसीको बैठकले यहाँ स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ र अन्य तयारी थाल्न स्थानीय तहलाई पत्राचार समेत गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

झुलाघाट नाकामा कोरोना परीक्षण जारी रहेकाले भारतबाट फर्किएर संक्रमण देखिएकाहरूका लागि आइसोलेशन र  होल्डिङ सेन्टर बनाउने निर्णय गरेको छ ।

navjiwan hospital

सार्वजनिक यातायातमा लामो दूरीका यात्रुको एन्टीजेन परीक्षण गर्ने, क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुले मास्क लगाउने, सवारीसाधनको ढोकामा स्यानीटाइजरको व्यवस्था गर्ने, चालक र सहचालकले अनिवार्य फेस सिल्ड लगाउने, सवारीसाधन दैनिक निसंक्रमण गर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्नुपर्ने जनाइएको छ ।

यस्तै यहाँ रहेका सबै एम्बुलेन्स तयारी अवस्थामा राख्ने, स्थानीय तहले क्वारेन्टाइन र आइसोलेसन निर्माण गर्ने, संक्रमितको सम्पर्कमा रहेकाहरूको कन्ट्राक्ट ट्रेसिङ गरी कोरोना परीक्षणको व्यवस्था मिलाउने, संक्रमतिको उपचारका लागि व्यवस्था मिलाउने निर्णय भएको छ ।

जिल्लाका सरकारी कार्यालयले खोप कार्ड हेरेर मात्रै सेवा दिने, खोपको पहुँचमा सबैलाई पु¥याउने, कोरोना संक्रमणको अवस्था आँकलन गर्न घुम्ती परीक्षण गर्ने, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा नहुने, जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्ने निर्णय भएको हो ।

होटेल तथा रेष्टुराँमा पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न र खोप कार्ड अनिवार्य गरिएको छ । जिल्ला अस्पताल बैतडीले कोभिड केयर युनिट सेवा दिने जनाइएको छ ।