खाेज्नुहाेस

२ महिना अगाडी अमरगढीले खरिद गरेको नगर बस संचालनमा आएन

Image

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिकाको नगरबस सञ्चालनमा आउन सकेको छैन । करिब दुई महिनाअघि खरिद गरेको नगरबस सञ्चालनमा नआएको हो ।

नगर बस सञ्चालन गर्न आवश्यक मापदण्ड बनाउन नसक्दा सेवा सुचारू गर्न नसकिएको अमरगढी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्त पन्तले बताए ।

attariya hospital
navjiwan hospital

बस सञ्चालनको मापदण्डमा बस भाडा तथा बसका चालक तथा सह–चालकको तलब भत्तासमेत समावेश गर्नुपर्ने व्यवस्था छ । कार्यविधिको मस्यौदा नै तयार नभएकाले बस सञ्चान गर्ने अझै समय लाग्ने नगरपालिकाले जनाएको छ ।

कार्यविधि नगर कार्यपालिकाले पास गरेपछि मात्र मान्य हुने गरेको छ । तर, अमरगढी नगरपलिकामा २ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन। डडेल्धुरामा अमरगढी नगरपालिकाले पहिलोपटक नगर क्षेत्रमा सञ्चालन गर्न बस खरिद गरेको हो ।

नगरपालिकाका अनुसार ठेक्का सम्झौतामार्फत चालकसहित ३६ सिट पास भएको बस खरिद गरिएको हो । बस खरिदका लागि नगरपालिकाले ३६ लाख रुपैयाँको टेण्डर आह्वान गरेको गरेको थियो । ३५ लाख ७० हजार रुपैयाँमा बस खरिद गरिएको नगरपालिकाले जानकारी दिएको छ ।