खाेज्नुहाेस

एसइई परीक्षाको सञ्चालन र व्यवस्थापकको जिम्मेवारी प्रदेशलाई

Image

काठमाण्डौ – कक्षा १० को अन्तिम परिक्षा एसईई को सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिईने भएको छ ।

navjiwan hospital

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी अघि बढाएको हो ।

attariya hospital

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यस वर्षको एसइई परीक्षा वैशाखमा गर्ने प्रदेश सरकारको सहकार्यमा बोर्डले तयारी अघि बढाएको जनाए ।

उनले संविधानले नै विद्यालय शिक्षा स्थानीय सरकारको अधिकारमा दिएको बताउँदै यसपटकको एसइई परीक्षा सञ्चालन र व्यवस्थापन जिम्मेवारी प्रदेश सरकारलाई दिने बोर्डले तय गरेको बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।