अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा ४२ हजार बढी नागरिकले कोरोनाको पुर्ण खोप पाइसकेका छन । स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले १८ बर्ष उमेर माथिका ४२ हजार ९ सय ८४ जनाले कोरोना खोपको दुवै मात्रा लगाएको बताए ।
त्यस्तै खोपको पहिलो मात्रा मात्रै लगाएका नागरिकको संख्या ३ हजार १ सय ७९ रहेको छ । नियमित खोप कार्यक्रम हाल पनि जारी रहेको नगरपालिकाले जनाएको छ ।


नगरपालिकाले बुधबार देखि कोरोना रोग विरुद्धको खोप अभियान अन्तरगत बुस्टर डोज (कोभिसिल्ड) लगाउन सुरु गरेको जनाएको छ । असार महिना भित्र खोपको दुवै मात्रा लगाएकालाई बुस्टर डोज लगाउन लागिएको हो ।
बुस्टर डोजमा स्वास्थ्यकर्मी, संचारकर्मी, महिला स्वास्थ्य स्वंय सेविका, सुरक्षाकर्मी, सरसफाइकर्मी र असार महिना सम्ममा दोस्रो डोज लगाएका जेष्ठ नागरिकलाई समिटिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । उनले नगरपालिकाद्धारा १ हजार १ सय २० जनालाई बुस्टर डोज लगाइने बताए । बुस्टर डोज माघ १३ गते सम्म लगाइने जनाइएको छ ।
गोदावरी भित्र रहेको सशस्त्र प्रहरी बाहिनी र नेपाली सेनाका लागि भने छुट्टै बुस्टर डोजको व्यवस्था गरिएको छ । नगरपालिकाले मालाखेती अस्पतालबाट बुस्टर डोज लगाउन सुरु गरेको भएपनि अन्य स्वास्थ्य केन्द्रबाट पनि खोप लगाइने जनाइएको छ ।

















