खाेज्नुहाेस

सुदूरपश्चिममा ४७७ कोरोना संक्रमित थपिए 

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बुधबार ४ सय ७७ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४८ नमूनाको कोरोना परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टीजेन बिधिबाट १ हजार ४ सय ३१  जनाको कोरोना परिक्षण गर्दा २ सय ७८ र पीसीआर बिधिबाट ३ सय १७ नमूनाको परिक्षण गर्दा १ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।

attariya hospital
navjiwan hospital

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय ९८ पुगेको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १९ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३८ हजार २ सय ९७ पुगेको छ ।