खाेज्नुहाेस

गोदावरीमा कोभिड – १९ प्रभावित समुदायको पुनरोत्थान परियोजना सुरु हुदै

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा कोभिड – १९ बाट प्रभावित समुदायहरुको पुनरोत्थान परियोजना सुरु हुने भएको छ । नगरपालिकाको समन्वय र लुथरन वल्र्ड रेलिफ (एलडब्ल्युआर) को आर्थिक सहयोगमा ब्याकवार्ड सोसाईटी एजुकेशन (बेस) ले परियोजना सञ्चालन गर्ने भएको हो ।

परियोजनाको बारेमा जानकारी दिन बुधबार अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ । नगरपालिकाका कार्यवाहक नगरप्रमुख शर्मानन्द भट्टको सभापतित्वमा आयोजित कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, नगरपालिकाका विभिन्न शाखाका प्रतिनिधि तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

attariya hospital

बेसद्धारा सञ्चालीत परियोजनाका संयोजक लक्ष्मण चौधरीले परियोजनाको बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए । कार्यक्रममा बोल्दै उनले विशेष गरी कृषि र स्वास्थ्य क्षेत्रमा परियोजना केन्द्रित रहेको बताए । परियोजना अन्र्तगत स्वास्थ्य क्षेत्रहरुको सवलीकरण, स्वास्थ्य संस्थाहरुलाई कोभिड रोकथाम, उपचार तथा व्यवस्थापनका लागी सामग्री उपलब्ध गराउने, स्वास्थ्यक्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई तालीमहरु प्रदान गर्ने कार्य गर्ने कार्य रहेको उनले बताए ।

यसका साथै दलित, सिमान्तकृत, प्रवासबाट फर्केका र न्युन आय भएकाहरु र महामारीका कारण बेरोजगार बनेकाहरुलाई पनि परियोजनाले जिवनोपार्जनका लागी सहयोग गर्ने उनले बताए ।

navjiwan hospital

उनका अनुसार परियोजनाले कोभिड प्रभावित ३०० घरधुरीलाई बिउ विजन, औजार र उपकरणहरु, पशुपालन र ठेला, साना किराना सामानहरु, एग्रोभेट, चिया र खाजाका पसलहरुका लागी सहयोग गर्नेछ । यसैगरी एकपरिवार बराबर ३ हजार ५ सयका दरले परियोजनाले नगरका कोभिड प्रभावित घरधुरीहरुलाई स्वास्थ्य बिमा का लागी सहयोग गर्ने पनि उनले बताए । उनले गोदावरीका अति कोभिड प्रभावित भएका ४ वडामा उक्त परियोजना लागु हुने बताए ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका कार्यवाहक अध्यक्ष शर्मानन्द भट्टले तेस्रो लहरको कोरोनालाई रोकथाम गर्न नगरलाई सहयोग गरेको भन्दै उनले परियोजना सञ्चालकलाई धन्यवाद ज्ञापन गरे । उनले परियोजनाको सहयोगमा नगरपालिकाले तेस्रो चरणको कोरोनालाई रोकथाम गर्न सक्ने उनले बताए । उनले कोरोनाका कारण मारमा परेका वर्गको पुनरोत्थानका लागी परियोजना एकदमै उपयुक्त भएको बताउदै नगरको तर्फबाट सम्पुर्ण सहयोग रहने बताए ।

कैलालीकै धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कैलारी गाउँपालिका गरी ३ वटा पालिकामा बेसको उक्त परियोजना सञ्चालन हुने भएको छ ।

अक्टोबर २०२१ देखी सुरु हुनुपर्ने परियोजना अन्य दुई वटा पालिकाहरुमा सञ्चालन भैसकेपनि गोदावरीमा भने ढिला गरी सुरु भएको हो । विविध कारणले बैठक बस्न नसक्दा परियोजना सुरु गर्न नसकिएको परियोजनाका कार्यक्रम संयाजक चौधरीले बताए । तिन ओटै पालिकामा सञ्चालीत परियोजना २०२२ जुनमा सम्पन्न हुनेछ ।

उक्त परियोजनाको लागत २ करोड १ लाख २४ हजार ९ सय ४८ रुपैया रहेको छ भने परियोजनाबाट ३ हजार परिवार प्रत्यक्ष लाभान्वीत हुने अनुमान गरिएको छ ।