कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका करिब २८ वर्षीय वीरेन्दबहादुर चौधरी मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार गाउँ नजिकैको विवाहमा मंगलबार राति सहभागी भएका चौधरी बुधबार बिहान बेहोस अवस्थामा फेला परेका थिए । उपचारका लागि अस्पताल पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

विवाह घर छिमेकीको गोठमा सुतेका चौधरी बिहान नउठेपछि स्थानीयले उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरी अस्पताल पु¥याएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । चिकित्सकले उनको अस्पताल पु¥याउनुअघि नै मृत्यु भैसकेको बताएका वडाध्यक्ष चौधरीको भनाइ छ ।

स्थानीय बासिन्दाका अनुसार चौधरीले राति मदिरा सेवन गरेका थिए । भारतमा रोजगारी गर्दै आएका चौधरी केही दिनअघि मात्रै घर फर्केका थिए । शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।















