खाेज्नुहाेस

अत्तरियाको एउटा पसलमा चोरी गरिरहेको अवस्थामा दुई जना पक्राउ

Image

अत्तरिया  – कैलालीको अत्तरियामा पसलमा चोरी गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

navjiwan hospital

अत्तरियास्थीत महेन्द्रनगररोड वरपिपल गल्लीमा रहेको दान प्रसाद घिमिरेको किराना पसलमा चोरी गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

attariya hospital

पक्राउ पर्नेमा गोदावरी नगरपालिका – ८ का राजेश विष्ट र कञ्चनपुर दैजीका मन्नु लुहार रहेका छन । उनिहरुलाई चोरी गरिरहेको अवस्थामा हिजोराती करिब १ बजेतिर पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलले जानकारी दिए ।

उनिहरुको साथबाट केही नगद र जिन्सि सामग्री बरामद गरेको र मुद्धा दर्ता गरी आवश्यक कानुनी कारबाही गरिने उनले बताए । उनका अनुसार उनिहरु दुवैले यसअघि पनि अत्तरिया बजारका विभिन्न पसलहरुमा चोरी गर्ने प्रयास गरेको बुझिएको छ ।